IME Life New

बीमासहित २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न निषेध (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बीमासहित २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।

राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले हड्ताल गर्न निषेध गरिएका सेवा क्षेत्रहरुको सूची सार्वजनिक गरेको हो। गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार हड्ताल निषेधित क्षेत्र तय गरिएको स्पष्ट पारेको छ।

Esewa
Crest

अब बीमासहित डाँक तार टेलिफोन सेवा, जलस्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइने छैन।

यसैगरी सञ्चार, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरु कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न निषेध गरिएको छ।

सञ्चार, आन्तरिक सुरक्षा कार्यसम्बन्धित सेवा र खानेपानीको सञ्चाल तथा वितरण सेवामा पनि हड्ताल गर्न पाइने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS