IME Life New

बीमालेख ल्याप्स हुने समस्या भारतमा पनि उस्तै, ५० प्रतिशतले गर्दैनन् नविकरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडाैं । हालै सार्वजनिक गरिएकाे एक सर्वेक्षण नतिजाले भारतमा जीवन बीमालेख खरिद गरेका बीमित मध्ये झण्डै आधा (४७ प्रतिशत) ले विगत पाँच वर्षयता बीमालेख नविकरण नै नगराएकाे तथ्य सार्वजनिक गरेकाे छ। बीमालेख खरिद गर्ने समयमै बीमाशुल्क भुक्तानीका लागी चाहिने रकम जाेहाे गर्न बचत गर्ने क्षमता भए नभएकाे विचारै नगरी बीमा गरेकाले नविकरण गर्ने समयमा पैसा नभएकाे सर्वेक्षणमा सहभागी बीमितले प्रतिकृया दिएका छन् ।

व्यावसायिक सेवा फर्म डेलोइटसँगको सहकार्यमा एसबीआई लाइफ इन्स्योरेन्सले गरेको अध्ययनको निष्कर्ष अनुसार बीमितहरुले आपतकालीन अवस्था र स्वास्थ्य उपचार खर्च सम्बन्धमा विचारै नगरी बै‌ंकमा मुद्दती निक्षेप वा शेयर बजारमा लगानी गरेकाे उल्लेख छ। फाइनान्सियल इम्युनिटी स्टडी ३.०, शीर्षक “उपभोक्ता भ्रम हटाउन” ले भारतका ४१ शहरमा पाँच हजार उत्तरदातालाई सर्वेक्षणमा सहभागी गराइएकाे थियाे ।

Crest

सर्वेक्षण तथ्या‌ंक अनुसार सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशत अबीमित उत्तरदाताले ‘वित्तीय प्रतिरक्षा’ प्राप्त गर्न बीमाको पूर्ण आवश्यकतालाई स्वीकार गरेपनि बीमा गर्न तत्परता देखाएनन् । करिब ८३ प्रतिशत बीमित व्यक्तिहरूले वित्तीय लचिलोपन प्राप्त गर्न बीमाको महत्वपूर्ण भूमिकालाई स्वीकार गरे । ६८ प्रतिशतले आफूहरू पर्याप्त बीमा भएको विश्वास गरेपनि, ६ प्रतिशतसँग मात्र पर्याप्त बीमा सुरक्षा छ।

सर्वेक्षण नतिजा सार्वजनिक गर्दै एसबीआई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत महेश कुमार शर्माले वित्तीय तयारी सम्बन्धी आम बुझाईलाई तत्काल परिवर्तन गर्नुपर्नेमा जाेड दिए । “यो ठूलो चिन्ताको विषय हो कि ८० प्रतिशत उपभोक्ताले वित्तीय सुरक्षामा बीमाको मुख्य भूमिकालाई स्वीकारे पनि ९४ प्रतिशतसँग पर्याप्त बीमा नै छैन”।

अध्ययनले यो पनि भारतीय बढ्दाे महँगीका कारण उपभोक्ताहरूको मुख्य चिन्ता अहिले उपचार खर्चकाे साटाे दैनिक जीवनयापनकाे खर्च व्यवस्थापनमा सरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS