IME Life New

बीमकको डीडीएका लागि २० वटा सीए फर्म छनोट (नामावलीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको विस्तृत लेखापरीक्षण (डीडीए)का लागि २० वटा चार्टर्ड अकाउन्टेन्ट (सीए) फर्म छनोट गरेको छ।

प्राधिकरणले एक सूचना उत्तीर्ण भएका २० वटा सीए फर्मको नामावली सार्वजनिक गरेको हो। प्राधिकरणले गत मंसिर २५ गते प्रकाशित सिलबन्दी प्रस्तावमा प्राविधिक मूल्यांकन गर्दा उत्तीर्ण भएका प्रस्तावहरुको विवरण सार्वजनिक गरेको छ।

Esewa
Crest

उत्तीर्ण भएका प्रस्ताव दाताहरुमा एपी एन्ड एसोसिएट चार्टर्ड अकाउन्टेन्ट्स, बी एन्ड एस एसोसिएट चार्टर्ड अकाउन्टेन्ट्स, जी एन्ड जी एसोसिएट चार्टर्ड अकाउन्टेन्ट्स, जीपी राजभाक एन्ड को. चार्टर्ड अकाउन्टेन्ट्स, जीएस गैह्रे एन्ड एसोसिएट चार्टर्ड अकाउन्टेन्ट्स, जीबी राजभण्डारी एन्ड डिबिन्स चार्टर्ड अकाउन्टेन्ट्स, केजे एसोसिएट्स एन्ड यूके एसोसिएट्स जेभी चार्टर्ड अकाउन्टेन्ट्स, केएमयू एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स, कुवेर एन्ड भट्टराई कम्पनी एन्ड एनबी रोकाया जेभी चार्टर्ड अकाउन्टेन्ट्स र एलएसपी एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स छन्।

यसैगरी एनएआरएस एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स, पीजेपीएन एन्ड कम्पनी चार्टर्ड अकाउन्टेन्ट्स, पीए श्रेष्ठ एन्ड कम्पनी चार्टर्ड अकाउन्टेन्ट्स, पीकेएफ टीआर उपाध्याय एन्ड कम्पनी चार्टर्ड अकाउन्टेन्ट्स, एसएआर एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स, एस उप्रेती एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स, एसडीआर एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स, सुजन काफ्ले एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स र यूएचवाई सुवोद एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट्स पनि उत्तीर्ण भएका छन्।

प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएका प्रस्तावदाताहरुलाई फागुन ८ गते मंगलबार दिउँसो २ बजे सिलबन्दी आर्थिक प्रस्ताव खोलिने पनि प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS