IME Life New

बिसनेस इन्ट्रेस्ट ग्रुपले आइपीओ जारी गर्ने, नियुक्त गर्यो प्रत्याभुतिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिसनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओको प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट र सनलाइफ क्यापिटललाई नियुक्त गरेको छ ।

एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता अर्थात् कुल ४५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS