IME Life New

बिफिनले एक दिने इन्स्योरेन्स कन्फ्रेन्सको आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले भोलि बैशाख १७ गते एकदिने इन्स्योरेन्स कन्फ्रेन्स आयोजना गर्ने भएको छ । बिफिनले बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजीसँगको सहकार्यमा ‘Conference on Ushering Paradigm Shift in the Insurance Industry in Next Decade- Resilience to Change’ शीर्षकको एकदिने सम्मेलन गर्ने भएको हो । उक्त सम्मेलन काठमाडौंमा गर्ने बताएको छ ।

साथै, आगामी दशकमा बीमा व्यवसाय सञ्चालनको मोडेल तय गर्न नेपालको बीमा व्यवसायलाई ठूलो सहयोग पुग्ने हेतुले यस सम्मेलनको आयोजना गर्न लागेको बिफिनले जनाएको छ ।

Esewa
Crest

सम्मेलनमा बीमा व्यवसायी, बैंकर, रेटिङ ऐजेन्टहरुका साथसाथै कर्पोरेट क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहने जनाएको छ। सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अथिति बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नेछन् । विशिष्ट अथितिका रुपमा प्रोफेसर डा. हरिवंश चतुर्वेदी (बिरला इन्स्टिच्युट अफ म्यानेजमेन्ट टेक्नोलोजी रहनेछ।

सम्मेलन आयोजनाबाट कोरोना महामारीको असरपछि परिवर्तित बीमा व्यावसायिक वातावरणको माग साथै बीमा क्षेत्रमा देखिएका नयाँ आयामहरु जस्तै– उपभोक्ताका परिवर्तित व्यवहार, आवश्यकता र अपेक्षाको विकास, साइबार सुरक्षा, जलवायु परिवर्तन, तीव्र प्रतिस्पर्धा तथा प्रतिभा जटिलता लगायतका विषयमा छलफल हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS