IME Life New

बिद्यार्थीलाई बीमाको सैद्धान्तिक ज्ञान मात्र हैन प्रयोगत्मक अभ्यास गराउँनुर्छ -बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिना खत्री
काठमाडौ । विश्वविद्यालयमा बीमा बिषय अध्यापन गराउँदा प्रयोगत्मक अभ्यासलाई पनि जोड दिनु पर्ने सरोकारवालाहरुले बताएका छन् । सैद्धान्तिक ज्ञानले मात्रै विद्यार्थीहरु परिपक्क नहुने हुँदा उनीहरुलाई अनिवार्य रुपमा प्रयोगत्मक अभ्यासको पनि आवश्यक पर्ने उनीहरुले बताएका हुन् ।

जोखिम व्यवस्थापन तथा बीमा सम्बन्धी कार्यशालाको समापन कार्यक्रममा बोल्दै बीमक संघका कार्यवाहक अध्यक्ष एवम् नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहले बिमा कम्पनीहरुलाई सैद्धान्तिक ज्ञानमा मात्र नभएर प्रयोगत्मक दक्षता भएका जनशक्ति आवश्यता पर्ने बताए । ‘त्यसैले बिमा बिषयमा उच्च शिक्षा हासिल गरेका बिद्यार्थीलाई प्रयोगत्मक अभ्यास अनिवार्य गनु उपयोगी हुन्छ । यसको लागी उनीहरुलाई केही समयको लागी इन्र्टनशिप पनि गराउँन सकिन्छ,’ उनले भने ।

स्नातक तहमा बीमा अध्ययन गर्ने बिद्यार्थीले ६ सय पूर्णाङकको कोर्ष अध्ययन गर्नुपर्छ । तर, विद्यार्थीहरुले प्रयोगत्मक अभ्यास नगर्ने भएकाले पनि उनीहरुलाई कम्पनीमा गएर काम गर्न गा¥रो हुने नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । ‘विद्यार्थीहरुलाई प्रयोगत्मक अभ्यास गराउँनु होस । हामी यस्ता जनशक्तिको खोजीमा छौ । यदि सैद्धान्तिमक ज्ञान सहित प्रयोगत्मक अभ्यास गरेका बिद्यार्थी आउँछ भने हामी स्वागत गर्न सधै तयार छौ,’ उनले भने ।

कार्यक्रममा स्कुल अफ म्याथम्याटिकल साईन्सका निर्देशक प्रकाश मणि बज्रचार्यले हामी कम्पनीले चाहे अनुसारको बिद्यार्थी उत्पादन गर्न तयार छौ । ‘त्यसैले आगामी दिनमा बीमा कम्पनीका प्रमुख मिलेर हामी बीमा बिषयको कोर्ष बनाउँन चाहन्छौ । ताकी बिद्यार्थीले अध्ययन पुरा गरेपछि सिधै कम्पनीमा काम गर्न सक्षम होस । यसको लागी कम्पनीहरुको सहयोग आवश्यक पर्छ उनले भने ।
नेपालमा बीमा व्यवसाय बढ्दै गएपछि यसका लागी आवश्यक जनशक्तिको अभाव हुन थालेको छ । बीमा बिषयलाई छुट्टै संकायको रुपमा स्थापना गर्न नसक्दा आवश्यक जनशक्तिको अभाव हुन थालेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS