IME Life New

बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ। यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ।

कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष) का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले जानकारी दिए। उनका अनुसार यो कोडिङ कम्पिटिसनले विद्यार्थीमा क्रिटिकल थिङ्किङ र प्रब्लम सल्भिङ स्किललाई बढाउन सहयोग गर्नेछ।

Esewa
Crest

नेपालमा यो कार्यक्रमलाई सफल पार्न एनपीसर्ट, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन, रोर्टरी क्लब अफ याला, वनकभर प्रालि, आईसीटी फ्रेम डटकम, टेक एन्टरप्रेनियर्स एसोसिएसन नेपाल, टेक ब्लगर्स लगायतका संस्थाले सहयोग गर्नेछन्।

कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ।

यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङ प्लेट फर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत नि:शुल्क सिकाउनेछन्। योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ।

अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ। त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ।

यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन नि:शुल्क पाउनेछन्।

साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन्।

आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन्। उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ।

“कोडिङले बालबालिकालाई प्रविधिको संसार अन्वेषण गर्ने अवसर प्रदान गर्छ र भविष्यका करियरहरूमा उपयोगी हुन सक्ने सीपहरू सिक्न मद्दत पुर्यानउँछ। यसकारण यस्ता सीपहरूको विकास प्रारम्भिक उमेरदेखि नै गरिनुपर्छ,” दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले भने।

उनका अनुसार डिस्कभरी एजुकेसन कोडिङ प्लेटफर्मको माध्यमबाट सहभागीहरूले एल्गोरिदम, सिक्वेन्स, भेरिएबल्स जस्ता कोडिङ अवधारणाहरूमा गहिरो ज्ञान प्राप्त गर्नुका साथै कम्प्युटेशनल सोचाइ, तार्किक विचार र समस्या समाधानको सीप विकास गर्नेछन्।

कम्पिटिसन क्याटेगोरी

  • कक्षा २ – ५ का लागि कोडिङ प्रतियोगिता (ब्लक-आधारित कोडिङ)
  • कक्षा ६ – ९ का लागि कोडिङ प्रतियोगिता (पाइथन कोडिङ)

इच्छुक विद्यार्थी एकल वा समूह (दुईदेखि तीन जनासम्म) रूपमा प्रतिस्पर्धाका लागि आवेदन दिनसक्ने छन्। आयोजकका अनुसार विद्यार्थीले ६ सेप्टेम्बरअघि अनलाइन रजिस्ट्रेसन गर्नुपर्छ। यसका लागि यहाँ क्लिक गर्नुहोस्।

दूरशिक्षा आफ्नो स्थापना कालदेखि नै सूचना प्रविधिको उच्चतम प्रयोग र त्यसका लागि चाहिने दक्ष जनशक्ति देशमै उत्पादन गर्न कटिबद्ध संस्था हो। यस प्रकारको प्रतियोगिताको आयोजनाले नेपालमा पनि विश्वस्तरीय सीप र त्यसलाई चाहिने जनशक्ति विकास गर्ने संयन्त्र र संस्थाहरू छन् भन्ने सन्देश दिने दूरशिक्षाका अध्यक्ष यलम बैद्यले बताए।

त्यस्तै सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का अध्यक्ष प्रा.डा. सुवर्ण शाक्यले यस प्रतिस्पर्धाले बालबालिकालाई कोडिङ सीपमार्फत समस्या समाधान गर्न प्रेरित गर्ने भनाइ राखे।

नेपाल प्रहरीका पूर्व डीआईजी एव एनपीसर्टका सल्लाहकार डाक्टर राजीव सुब्बाले प्राविधिक सीपले मात्र विद्यार्थीलाई सशक्त बनाउने बताउँदै यस्ता प्रतिस्पर्धाले युवाहरूको सोच र व्यवहारलाई पनि आकार दिने बताए।

वनकभर प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले यस्तो विश्वस्तरीय कोडिङ प्रतियोगिताले नेपाली विद्यार्थी, विद्यालय, समाज तथा समग्र देशलाई नै प्रविधिसँग नजिक्याउने तथा डिजिटल विश्वमा प्रतिस्पर्धी बनाउने धारणा राखे।

नेपाल टेक ब्लगर एसोसिएसनका संस्थापक रितेश घिमिरेले बाल कोडिङ प्रतियोगिताले प्राविधिक सीपलाई फस्टाउने र युवा मनलाई आईटी उद्योगका लागि तयार बनाउने भनाइ राखे।

टेक आन्टरप्रेनियर्स एसोसिएसन अफ नेपालका संस्थापक निर्देशक पदमराज पन्तले कोडिङ प्रतियोगिताले बचपनदेखि नै उद्यमी सोच विकास गर्ने बताउँदै यसबाट भविष्यका नवप्रवर्तकहरूको बाटो खोल्ने विचार प्रस्तुत गरे।

“यस्तो प्रतियोगिताले नेपाली युवा विद्यार्थीलाई २१औँ शताब्दीको सीप उजागर गर्न र आफ्नो लुकेको प्रतिभालाई बाहिर ल्याउने अवसर प्रदान गर्दछ”, रोटरी क्लब अफ यलका सेवा निर्देशक डा दिनेशलाल श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS