IME Life New

बर्दिबासमा रहेका बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखसँग प्राधिकरणले गर्यो छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले बुधबार महोत्तरी जिल्लाको बर्दिबास क्षेत्रमा रहेका जीवन, निर्जीवन तथा लघु बीमकका प्रदेश प्रमुख तथा शाखा र उपशाखा प्रमुखसँग छलफल गरेको छ।

छलफलका क्रममा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमकको शाखा तथा उपशाखामा रहेका समस्याका बारेमा जानकारी लिएर ती समस्याको समाधान गर्न मार्गदर्शन दिएकी थिइन्।

Esewa
Crest

शर्माले बीमकको शाखा तथा उपशाखाले अभिकर्ताको तालिमलाई प्रभावकारी बनाई बीमासम्बन्धी पर्याप्त ज्ञान भएको दक्ष्य अभिकर्ता भित्र्याउनुपर्ने, शाखा तथा उपशाखा पालिकाको निरन्तर रुपमा सम्पर्कमा रहनुपर्ने र बीमक सहर केन्द्रितमात्र नभई प्रत्येक गाउँ–गाउँमा गई बीमाको साक्षरता अभिवृद्धि गरी दायरा विस्तारको क्षेत्रमा काम गर्नर प्राधिकरणको नीति, नियम र परिधिभित्र रही कार्य गर्न निर्देशन दिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS