IME Life New

बजार पुँजीकरण ४० खर्ब नाघ्यो, आज कति बढ्यो लगानीकर्ताको सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा मंगलबार हरियाली छाएको छ। नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा उक्लिएको छ।

नेप्सेले चुमेको यो उचाइ २८ महिनायताकै उच्च हो। यसअघि २०७८ चैत मा नेप्से यो उचाइमा रहेको थियो।

Esewa
Crest

नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै शेयर बजार लगातार उकालो लागिरहेको छ। आज नेप्सेको कुल बजार पुँजीकरण पनि ४० खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

नेप्सेको बजार पुँजीकरण सोमबार ३९ खर्ब ४७ अर्ब ८८ करोड रुपैयाँ थियो। यो हिसाबले आज एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब १९ अर्ब ५३ करोड रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS