IME Life New

बंगलादेश बैंककाे शेयर कसलाइ बेचेर बाहिरिदैं आईएफआईसी?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नबिल बैंकले नेपाल बंगलादेश बैंक प्राप्ती गर्ने चर्चासँगै बंगलादेशी बैंक आइएफआईसीले नेपाल बंगलादेश बैंक(एनबिबि) मा रहेको आफ्नो सम्पूर्ण सेयर बेच्न सम्भावित खरिदकर्तासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

ढाका स्टक एक्सचेन्जको वेबसाइटमा आइएफआईसीले सार्वजनिक गरेको सूचना अनुसार खरिद बिक्रीको सम्झोता भइसके पनि नेपाली खरिदकर्ताको नाम अहिले खुलाइएको छैन । शुरूमा बैंकको संस्थापक मध्येको एनबी समूहले आइएफआईसीको स्वामित्वमा रहेको सबै ४१ प्रतिशत संस्थापक शेयर खरिद गर्ने प्रस्ताव गरेपनि नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएकाले बञ्चित हुनु परेको छ । एनबी समूहको खरिद प्रस्ताव अस्वीकृत भएपछि चौधरी समूहले नेपालस्थित बैंकमा रहेको आइएफआईसी बैंकको शेयर खरिद गर्ने प्रस्ताव गरेको छ ।अर्को वाणिज्य बैंक नबिल बैंकमा पनि चौधरी समूह प्रमुख प्रवर्द्धक हो ।

Esewa
Crest

यसअघि गत साउनमा आइएफआईसी बैंकले एनबीबीमा रहेको आफ्नो सम्पूर्ण शेयर बेचेर नेपालबाट लगानी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेको थियो । आईएफआईसी बैंकका कम्पनी सेक्रेटरी मोहम्मल हकले बंगलादेशी संचारगृह द बिजनेश स्ट्यान्डर्डलाई प्रतिकृया दिंदै भनेका छन्, “यो ठूलो सम्झौता हो । नेपालका अन्य खरिदकर्ताले अवरोध गरिरहेका छन् । त्यसैले अरूले समस्या नगरोस् भनेर हामीले एउटा संस्थासँगको सम्झौताको अधारमा अहिले गोप्य राखेका छौं।”

एनबीबीमा रहेको आइएफआइसी बैंकको शेयर कुन मूल्यमा बिक्री गर्ने भन्ने कुरा क्रेतासँगको परामर्शमा तय गरिने उल्लेख गर्दै उनले मूल्य निर्धारण भएपछि बिक्री र खरिद सम्झौता हुने बताए ।‘त्यसपछि लगानीकर्तालाई विस्तृत जानकारी गराइनेछ । कोभिड–१९ को महामारीका कारण व्यवसायमा सुस्तता आएकाले एनबीबीबाट लगानी फिर्ता लिएको मोकाम्मेलले बताए । यता शेयर खरिदको लागी चौधरी समूहले प्रति कित्ता रू. १५२ को दरले बंगलादेशी लगानीकर्तासँग भएको सबै ४१ प्रतिशत शेयर खरिद गर्ने सम्झोता गरिसकेको चर्चा छ ।

यसैबीच, एनबीबीमा आईएफआईसीको शेयर बिक्री गर्ने सम्बन्धमा भएको एमओयूमा हस्ताक्षर भएको खबर आएपछि आइतबार ढाका स्टक एक्सचेन्जमा आइएफआईसी बैंकको शेयरको मूल्य ७.६९ प्रतिशतले बढेको छ अर्कोतर्फ नेपाल स्टक एक्सचेन्जमा एनबीबी बैंकको शेयर मूल्य विगत १५ दिनमा ३० प्रतिशतले बढेको छ एनबिबि सन् १९९४ मा एनबि समूह र बंगलादेशी आइएफआईसी बैंकको संयुक्त लगानीमा स्थापित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS