IME Life New

बंगलादेशमा आठ निर्जीवन बीमकसँग ३३ लाख टाका जरिवाना असुली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशी बीमा नियामक आइडीआरएले विशेष लेखापरीक्षणमा अनियमितता फेला पारेपछि आठ निर्जीवन बीमा कम्पनीलाई ३३ लाख ५१ हजार ४३० टाका( बंगलादेशी रुपैयाँ ) जरिवाना गरेको छ ।निर्जीवन बीमा कम्पनीहरूमा आर्थिक वर्ष २०२३-२४ को लेखा परिक्षणका क्रममा यो जरिवाना गरिएको हो ।

इन्स्योरेन्स न्यूज बंगलादेशले प्रकाशन गरेको समाचार अनुसार  ‘आर्थिक वर्ष २०२३-२४ मा लगाइएको जरिवानाको विवरण’ शीर्षकमा गत  १३ जुनमा आइडीआरएले वेबसाइटमा प्रकाशन गरेको प्रतिवेदनमा जरिवानाबारे उल्लेख गरिएको हो । यी कम्पनीले तोकिएको सीमाभन्दा बढी व्यवस्थापन खर्च गरेको फेला परेपछि नियामकले जरिवाना गरेको हो ।

Esewa
Crest

नियामकका निर्देशक तथा प्रवक्ता जहाँगिर आलमलाई उद्घृत गर्दै इन्स्योरेन्स न्यूजले लेखेको छ, सन् २०२१ मा आइडीआरएले १० वटा निर्जीवन बीमा कम्पनीमा विशेष लेखा परिक्षक नियुक्त गरेको थियो, तीमध्ये बीमकको व्यवस्थापनसँग सम्बन्धित ९ वटा मुद्दामा लेखापरिक्षण गरिएको थियो।

जरिवानामा पर्ने निर्जीवन बीमकमा मर्केन्टाइल इन्स्योरेन्स, मेघना इन्स्योरेन्स, फिनिक्स इन्स्योरेन्स, एसिया इन्स्योरेन्स, प्रभाती इन्स्योरेन्स, बंगलादेश जनरल इन्स्योरेन्स, एक्सप्रेस इन्स्योरेन्स र प्राइम इन्स्योरेन्स कम्पनी रहेका छन् ।

आईडीआरएले विभिन्न अनियमितता गरेको भन्दै मर्केन्टाइल इन्स्योरेन्सलाई २०२३ जुलाई ४ तारेखमा एक लाख ५० हजार टाका जरिवाना गरेको थियो । कम्पनीले सोही वर्ष जुलाई २६ तारेखमा जरिवाना तिरेको थियो ।

विशेष लेखापरीक्षण प्रतिवेदनका आधारमा मेघना इन्स्योरेन्स कम्पनीलाई २ लाख टाका जरिवाना गरिएको थियो । फिनिक्स इन्स्योरेन्सलाई ४ सेप्टेम्बर २०२३ मा २ लाख टाका जरिवाना गरिएको थियो। एशिया इन्स्योरेन्सलाई ५० हजार रुपैयाँ टाका गरिएको थियो ।

विभिन्न अनियमितता गरेको अभियोगमा आईडीआरएले प्रभाती इन्स्योरेन्सलाई ९ लाख १ हजार ४३० टाका जरिवाना गरेको छ । यसैगरी बंगलादेश जनरल इन्स्योरेन्स कम्पनीलाई मा ३ लाख टाका जरिवाना गरिएको आईडीआरएको निर्जीवन महाशाखालाई उद्घृत गर्दै इन्स्योरेन्स न्यूज बंगलादेशले उल्लेख गरेको छ ।

विशेष लेखापरीक्षणमा विभिन्न अनियमितता भएको भन्दै एक्सप्रेस इन्स्योरेन्स कम्पनीलाई ६ लाख टाका जरिवाना गरिएको थियो । सबैभन्दा बढी जरिवाना प्राइम इन्स्योरेन्सले तिरेको छ। आईडीआरएले विभिन्न अनियमितता गरेको भन्दै कम्पनीलाई ९ लाख ५० हजार टाका रुपैयाँ जरिवाना तिराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS