IME Life New

फोनपे र सेलपेबीच सहकार्य, सेलपेका ग्राहकले फोनपेको क्यूआरमार्फत सहजै भुक्तानी गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाईल एप्लीकेशनबाट क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा फोन पे कातर्फबाट एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौतासँगै सेलपेका ग्राहकले फोनपेका एक लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । पछिल्ला दिनमाफोन पे नेटवर्कमा बैंक तथा वित्तीयसंस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ भने मर्चेन्टहरुस्को संख्या पनि तिब्र रूपमा बढिरहेको छ ।

फोनपे पेमेन्ट सर्विस  नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथावित्तीय संस्था आवद्ध छनत् भने एक लाख ६०हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाखमोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो

सेलपे एप्लिकेशनको माध्यमबाट आफ्नै बैंक खाताप्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने माध्यमहो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपे मार्फत विभिन्न किसिमका भुक्तानीगर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS