IME Life New

फेदीखोला हाईड्रोमा बाणिज्य बैंकले ऋण लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेदीखोला हाईड्रो पावर कम्पनी र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानीगर्ने सम्झौता २०८१ साउन १७ गते सम्पन्न भएको छ । सम्झौतामा राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा रु ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानीगर्ने भएको छ । कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ ।

Esewa
Crest

कम्पनीका अनुसार यहि श्रावण महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रा।लि। बाट लि। मा परिवर्तन गरि स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आ.व. भित्रमा गरिने लक्ष रहेको छ ।

२०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS