IME Life New

प्रोफेशनल एजुकेटर्सले खुलायो आवेदन, एसएलसी पासदेखि पिएचडि होल्डरसम्मलाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानीमा शिक्षण संस्थाहरू सञ्चालन गरिरहेको प्रोफेशनल एजुकेटर्स लिमिटेडले विभिन्न १४ वटा पदमा जनशक्ति भर्नाका लागि आवेदन मागेको छ। कम्पनीले लिबर्टी कलेज, ग्लोबल कलेज र कर्पोरेट कार्यालयका लागि जनशक्ति भर्ना गर्न लागेको हो।

प्रकाशित सूचनाका अनुसार लिबर्टी कलेजमा प्रोग्राम डाइरेक्टर, प्रोग्राम कोअर्डिनेटर, अपरेशन अफिसर, लाइब्रेरियन, स्टोर किपर, कम्युनिकेशन अफिसर, अफिस एसिस्टेण्ट पदमा आवेदन माग गरिएको छ। अफिस एसिस्टेण्ट(कार्यालय सहयोगी) पदका लागि उच्च मावि तहको शैक्षिक योग्यता र कामको अनुभव आवश्यक पर्नेछ। यसैगरी अपरेशन अफिसर, लाइब्रेरियन, स्टोर किपर र कम्युनिकेशन अफिसरका लागि स्नातक तह उतीर्ण र कामको अनुभव आवश्यक छ।

Esewa
Crest

यसैगरी ग्लोबल कलेजका लागि प्रोग्राम कोअर्डिनेटर(आइटी) को पदमा आवेदन खुला गरेको छ। साथै कर्पोरेट कार्यालयका लागि एसोशिएट रिसर्च डाइरेक्टर, मार्केटिङ डेह, एचआर म्यानेजर, आइटि म्यानेजर, कम्पनी सचिव पदका लागि इच्छुक योग्य व्यक्तिसँग कम्पनीले अावेदन माग गरेको छ। कम्पनी सचिव पदका लागि कर्पोरेट ल विषयमा स्नातक तहको शैक्षिक योग्यता र कामको अनुभव समेत आवश्यक रहेको छ।

आइटि प्रोग्राम कोअर्डिनेटर पदमा आवेदन दिन इच्छुक व्यक्तिले सूचना प्रविधि विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरी सूचना प्रविधिको क्षेत्रमा शैक्षिक संस्थाका लागि काम गरेको अनुभव आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ।

सबै पदमा आवेदनका लागि माथिल्लो शैक्षिक तहका लागि प्रथम श्रेणीमा उतीर्ण भएको हुनुपर्ने शर्त राखेको छ। इच्छुकहरूलाइ ग्लोबल कलेजको इमेल मार्फत १५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

75%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS