IME Life New

प्रोग्रेसिभ फाइनान्सले रजत जयन्ती मनाउदा शेयरधनीलाई भने हाता लाग्यो शुन्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रोग्रेसिभ फाइनान्सले रजत जयन्ती मनाउदै गर्दा अहिलेसम्म शेयरधनीलाई लाभांस दिन सकेको छैन। २०५२ साल फागुन १४ गते मर्चेन्ट फाइनान्सको नाममा व्यवसायिक शुभारम्भ गरेको यस फाइनान्सले २५ वर्ष पुरा गर्दा सम्म शेयरधनीहरुलाई लाभांस दिनुको सट्टा करोडौ रुपैयाँ मागिसकेको छ।

फाइनान्सको स्थापना २०५२ सालमै भए पनि सर्वसाधारणका लागि शेयर जारी गर्न १४ वर्ष लाग्यो। समयमा प्राथमिक शेयर जारी गर्न नसक्दा संस्थाले लाभांस वितरण गर्न पाएको थिएन। लाभांस वितरण गर्न सक्ने हैसियत हुँदा हुँदै पनि नेपाल राष्ट्र बैंकले प्राथमिक शेयर जारी नगरेको भन्दै लाभांस वितरणमा रोक लगाएको थियो।

Esewa
Crest

संस्थाले २०६४ साउन २८ गते सर्वसाधारण शेयर जारी गर्यो। सर्वसाधारण शेयर जारी गरे पछि संस्थाले खासै राम्रो प्रगति गर्न सकेन। संस्थामा भएका केहि बैंकिङ अपराधका कारण तत्कालिन अध्यक्ष शम्भु बहादुर केसी जेल जानु पर्यो। उक्त फ्रडले संस्थालाई कहिले पनि माथि उठ्न दिएन।

यसरी विग्रिएको संस्था बन्न एक दशक लाग्यो। १० वर्ष अगाडिको उक्त घटनाको नोक्सानी परिपुर्ती गर्न झण्डै १० वर्ष लाग्यो। हरेक वर्ष नोक्सानमा देखिने संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि बल्ल नाफामा देखिन थालेको छ।

संस्थाले २० औ वर्ष शाखा विस्तार गर्न सकेन। शाखा विस्तार र व्यवसाय विस्तार नगरि मुनाफा आर्जन गर्न सक्ने अवस्था रहदैन। स्थापना भएको २० वर्ष पछि बनेपामा पहिलो शाखा खोल्यो।

प्राथमिक शेयर निष्काशन पछि १२ करोड रुपैयाँ पुँजी पुगेको संस्थाले आर्थिक वर्ष २०७०/७१ मा ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेर २१ करोड रुपैयाँ पुर्यायो। नेपाल राष्ट्र बैंकले पुँजी बृद्धि योजना मार्फत फाइनान्सको न्युनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउन निर्देशन दियो। संस्था नोक्सानमा रहेकाले बोनस शेयर दिने कुरै भएन। त्यसैले एकै पटक २८१ प्रतिशत हकप्रद शेयर जारी गर्यो।

संस्थाले शेयरधनीहरु सँग एकै पटक ५९ करोड एक लाख रुपैयाँ माग गर्दा शेयरधनीले किनेनन। हकप्रद बिक्री गर्न नसकेर संस्थाले पटक पटक बोलकबोल जारी गर्नु पर्यो। स्थापना कालदेखि संस्थापक र प्राथमिक शेयर धनीसँग लिएको पुँजी बाहेक संस्थाले हकप्रद मार्फत मात्रै ६८ करोड एक लाख रुपैयाँ उठायो।

हकप्रद पछि आक्रामक बन्दै 

आर्थिक वर्ष २०६७/६८ को फ्रड पछि थलिएको संस्थालाई पछिल्लो हकप्रदले केहि सिनर्जी प्रदान गरेको छ। नविकेको हकप्रद शेयर खरिद गरेर सिभिल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन फाइनान्सका अध्यक्ष भए। २०७० पछि संस्थाले उच्च व्यवस्थापनमा नयाँ कर्मचारी नियक्ति गर्यो।

२०७३ बैशाखमा पहिलो शाखा विस्तार पछि अहिलेसम्म १० वटा शाखा कार्यालय विस्तार गरिसकेको छ। चार वटा एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। एक वर्ष अगाडि एक अर्ब पनि कर्जा प्रवाह हुन सकेको थिएन। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा संस्थाले दुइ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड नोक्सानमा रहेको फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। संस्थाले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ भन्दा धेरै मुनाफा गर्ने योजना बनाएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुँमागाइले जानकारी दिए। यस वर्षको मुनाफा र जगेडा कोषलाई प्रयोग गरेर २५ वर्षकै इतिहासमा पहिलो पटक लाभांस दिन प्रयत्न रहने हुँमागाइले बताए। संस्थाले पछिल्लो समय शाखा  तथा व्यवसाय विस्तारलाई तिव्रता दिएकाले आगामी दिनमा राम्रो मुनाफा दिन सक्ने उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS