IME Life New

प्रिमियम मूल्यमा आइपीओ ल्याउँदै कैलाश हेलिकप्टर र छायादेवी कम्प्लेक्स, प्रतिकित्ता कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कैलाश हेलिकप्टर र छायादेवी कम्प्लेक्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन्। यी दुवै कम्पनी धितोपत्र बोर्डमा निवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति मागेका हुन्।

कैलाश हेलिकप्टरले १०० रुपैयाँ अंकित दरमा २२७ रुपैयाँ प्रिमियम थपेर ३२७ रुपैयाँमा आइपीओ ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ३ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्नेछ। साधारण शेयर बिक्री गरेर कम्पनीले ११ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाउनेछ।

Esewa
Crest

कैलाश हेलिकप्टरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी छायादेवी कम्प्लेक्सले १०० रुपैयाँ अंकित दरमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा आइपीओ ल्याउने तयारी गरेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले सर्वसाधारणलाई १४ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर बिक्री गर्नेछ। साधारण शेयर बिक्री गरेर कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ जुटाउनेछ।

यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS