IME Life New

प्रिमियममा आइपीओ ल्याउँदै सोपान मल्टिपल कम्पनी, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ। प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने कार्यका निम्ति कम्पनीले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्ति गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतालपत्रमा मंगलबार (वैशाख १८ गते) एक कार्यक्रमबीच सोपान मल्टिपल कम्पनीका तर्फबाट अध्यक्ष डा. ई. ताराप्रसाद पोखरेल र एनएमबि क्यापिटलका तर्फबाट सीईओ दिपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन्। आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औँ वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेस हुनेछ।

Esewa
Crest

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आइपीओ निष्कासन गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष पोखरेलले बताए। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ कस्ट भ्यालुमा १०३.५८ रुपैयाँ रहेको छ भने फियर मार्केट भ्यालुमा ४५० रुपैयाँ माथि रहेकोसमेत अध्यक्ष पोखरेलले बताए।

कम्पनीले आफ्नो चुक्तापुँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउने योजना बनाएको छ। जसअन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता ( १ अर्ब १६ करोड ६० लाख रुपैयाँ)को हिस्सा रहनेछ भने २० प्रतिशत अर्थात् २९ लाख १५ हजार कित्ताबराबरको आइपीओ जारी हुने सहमतिपत्रमा उल्लेख छ।

महतो समूहको प्रमुख लगानी रहेको सोपान मल्टिपल कम्पनी एक होल्डिङ (इन्भेस्टमेन्ट) कम्पनी हो। डा. उपेन्द्र महतो, डा. वीरेन्द्रप्रसाद महतो, इ. रामेश्वर रिजाल, डा. इ. ताराप्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, अशोककुमार खड्का, इ. वसन्तचन्द्र मरहट्टा लगायतको सबल नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत र रियल स्टेट, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ। यस कम्पनीको मातहतमा कान्तिपुर इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, सोपान फर्मास्युटिकल्स, मोल्निया पावर, मैलुङ खोला जलविद्युत कम्पनी, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, सोपान प्रोपर्टिज कम्पनी रहेका छन्। सोपान मल्टिपलको लगानी रहेको मैलुङ खोला जलविद्युत कम्पनी र माथिल्लो मैलुङ खोलाले आइपीओ निष्कासन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाका रुपमा विकास गरिएको देशकै नमुना अत्याधुनिक प्रविधियुक्त सोपान फर्मास्युटिकल्सले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ।

स्थापनाकै बेला पब्लिक लिमिटेड कम्पनीका रुपमा स्थापित यस कम्पनीलाई सुशासनका पक्षमा अझ सबल बनाउने र सहभागितामूलक लगानीलाई अझ विस्तार गर्दै लैजाने योजनाअनुरुप आइपीओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS