IME Life New

प्रिमियममा आइपिओ जारी गर्न दुई वर्ष मात्रै नाफा कमाए पनि पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । धिताेपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा साताैं पटककाे संशाेधनसँगै धिताेपत्र नियमावली २०८० जारी भएकाे छ। नयाँ नियमावलीले ऋणपत्रमा विदेशी लगानीसहित हरित ऋण पत्र र प्रिमियममा शेयर निष्काशन सम्बन्धमा नयाँ प्रावधान समेटेकाे छ।

मूल नियमावलीकाे नियम २५(क) मा संशाेधन गर्दै कम्तीमा एक अर्ब चुक्ता पूँजी भई पछिल्लाे दुई वर्ष खुद नाफामा रहेकाे संगठित संस्थाले प्रिमियममा धिताेपत्रकाे सार्वजनिक निष्काशन गर्न सक्नेछ भन्ने प्रावधान थप गरिएकाे छ । याे प्रावधानसँगै सञ्चालनकाे छाेटाे अवधि मात्र पुरा भएकाे निजी क्षेत्र प्रवर्द्धित हिमालयन रिइन्स्याेरेन्स लगायतका कम्पनीलाई प्रिमियम मूल्यमा प्राथमिक शेयर(आइपिओ) निष्काशनकाे बाटाे खुल्ला भएकाे छ। हिमालयन रिइन्स्योरेन्सले २०७८ असार ३१ गतेबाट पुनर्बीमा कारोबार शुरू गरेकाे हाे । यसअघि कम्तीमा पनि लगातार तीन आर्थिक वर्ष मुनाफामा सञ्चालन भएको संस्थाले मात्रै प्रिमियम मूल्यमा आईपिओ जारी गर्न पाउने व्यवस्था थियो।

Esewa
Crest

स‌ंशाेधित नियमावलीले नेपालमा जारी गरिने ऋणपत्रमा विदेशीले समेत लगानी गर्न पाउने प्रावधान समेटेकाे छ । नियमावलीकाे नियम ९(ग) काे उपनियम ३ मा बण्ड वा डिबेञ्चरमा विदेशीले समेत प्रचलित कानूनकाे अधिनमा रही लगानी गर्न सक्नेछन् । यसबाहेक  पर्यावरण मैत्री परियाेजना सञ्चालन गर्ने कार्यका लागी जारी गरिने ऋण पत्रलाई हरित ऋण पत्रकाे रुपमा परिभाषित गर्दै जलवायू परिवर्तनकाे प्रभावलाई न्यूनीकरणमा सहयाेग पुर्‍याउने परियाेजनालाई समेत नियमावलीले समेटेकाे छ।

प्राइभेट इक्वीटी भेन्चर क्यापिटल हेज फण्ड वा यस्तै काेषकाे रुपमा बाेर्डमा वा विदेशमा दर्ता भएकाे काेषकाे वा नेपालमा लगानी गर्न प्रचलित कानून बमाेजिम स्वीकृती प्राप्त विदेशी सरकारकाे लगानी रहेकाे स‌ंस्थाकाे स्वामित्वमा रहेकाे धिताेपत्र संगठित संस्थाले सर्वसाधारणका लागी आइपिओ निष्काशन गरेकाे शेयर बाँडफाँड भएकाे मितिले एक वर्षकाे अवधि पुरा भएपश्चात बिक्री गर्न सक्ने सुविधा समेत नियमावलीमा समेटिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS