IME Life New

प्राधिकरणको गण्डकी प्रदेश कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं बार्षिकोत्सव तथा बीमा दिवसको उपलक्ष्यमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यालयले जीवन, लघु तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर तथा बीमा प्राधिकरणको सहभागी भई मंगलबारका दिन प्रभातफेरी कार्यक्रम पोखराको मानव अधिकार चोक देखि शुरू भई चिफ्लेढुड्गा, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै प्राधिकरणको प्रदेश कार्यालयमा पुगि प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा करिव ६०० जनाको सहभागीता रहेको थियो । उक्त प्रभातफेरी कार्यक्रममा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवप्रसाद दाहालले उपस्थित बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयरहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमका प्रमुख अतिथी एवं निप्स पोखरा च्याप्टरका अध्यक्ष वद्रीनाथ पौडेलले यस्ता प्रकारका कार्यक्रम मार्फत बीमा सम्वन्धी जनचेतना वृद्धि गरि दायरा वढ्नेमा विस्वास लिए । कार्यक्रममा प्राधिकरणका सहायक निर्देशकद्वाय सुन्दर प्रसाद शर्मा, सुदिप गिरी, निशा पोखराका संयोजक वुद्वीराज अधिकारी लगायतले बीमाका वारेमा जानकारी दिएकाथिए ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहालको नेतृत्वमा भएको कार्यक्रममा वाजागाजा सहित बीमा सम्वन्धी व्यानर र प्लेकार्डद्वारा बीमा सम्वन्धी जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS