IME Life New

प्राइम लाईफ इन्स्योरेन्सले १२.५ प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले १२.५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । सो बीमा कम्पनीको गत शुक्रबार बसेको बैठकले निमनकारी निकाय बीमा समितिबाट स्वीकृति लिई आगामी साधारणसभाले पारित भए पश्चात वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको जनाएको छ ।

प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले आव २०७४।०७५ को सञ्चालन मुनाफाबाट २५ करोड नौ लाख ९२ हजार ४२२ रुपैयाँ बोनस शेयर बापत खर्च गर्ने जनाएको छ । बोनस शेयर पश्चात कम्पनीको कुल चुक्ता पुँजि दुई अर्ब २५ करोड ८९ लाख ३१ हजार पुग्नेछ । त्यस्तै कम्पनीले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि एक करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Esewa
Crest

बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनको कारण लेखापरिक्षणमा ढिलाई हुँदा साधारणसभा र लाभांश वितरणमा ढिलाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS