IME Life New

प्रस्तावित लाभांश कानुन सम्मत, स्वीकृतिका लागि पहल भइरहेको अपी पावरको स्पष्टोक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपी पावरले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश कानुन सम्मत रहेको दाबी गरेको छ। कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि पहल भइरहेको पनि स्पष्टोक्ति दिएको छ।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट लाभांश प्रस्ताव गरिएको जनाएको छ। कम्पनीले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

Esewa
Crest

उक्त लाभांश वितरणार्थ कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृतिका लागि पेस गरेको थियो। तर, आयोगले उक्त मुनाफा वितरणलाई कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम बर्जित गरिएको कारण देखाई अस्वीकृत गरेको थियो।

अपी पावरले भने कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिबिम्बित हुने गरी प्रचलित कानुनबमोजिम अधिकार प्राप्त निकायले लागू गरेको लेखामानअनुरुप नेपाल लेखा प्रतिवेदन मान (एनएफआरएस) अनुरुप वित्तीय विवरण तयार गरेको र सोहीबमोजिम लेखापरीक्षण गरिएको जनाएको छ। कम्पनीको नाफा–नोक्सान हिसाबमा नाफा–घाटा लेखांकन गरी सोबापत सिर्जना हुने स्थगत करसमेत व्यवस्था गरी मुनाफा गणना गरिएको कम्पनीले स्पष्ट पारेको छ।

थप कागजपत्रसहित आयोगमा पत्राचार गरी थप छलफल लाभांशका विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांश आयोगबाट स्वीकृत गराउन पहल भइरहेको कम्पनीले जनाएको छ।

api power

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS