IME Life New

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी चौथो बर्षमा, गुणस्तरीय बीमा सेवामा सिईओ पौडेलको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०७४ सालमा आजका दिन स्थापना भएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आज चौथो बार्षिकोत्सव मनाइरहेको छ । सञ्चालनमा आएको तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । कम्पनीले भोलिबाट आईपिओ जारी गरी कम्पनीमा आम सर्वसाधारणलाई मालिक बनाउँदै छ भने गुणस्तरीय बीमा सेवा दिँदै अघि बढ्ने कम्पनीका सिईओ नारायण प्रसाद पौडेलले प्रतिबद्धता जनाएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ असार ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा स्टार लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो । २०७४ मंसिर ६ गतेदेखि साविकको स्टार लाइफ इन्स्योरेन्सको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु ब्यहोर्नुपर्ने कर दायित्व आदि परिवर्तित नाम प्रभु लाइफ इन्स्योरन्स लिमिटेडमा सर्ने गरी निर्णय भई प्रभु लाइफ इन्स्योरेन्सको औपचारिक रुपमा जन्म भएको थियो । कारोबार सुरु गर्नुअघि नै लामो इतिहास रहेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट अनुमति लिई २०७४ मंसिर २८ गते अर्थात आजकै दिनबाट औचापरिक रुपमा जीवन बीमा कारोबार सुरु गरेको थियो ।

Esewa
Crest

चौथो बार्षिकोत्सवको अवसरमा सिईओ नारायण प्रसाद पौडेलले जनताको विश्वाससहितको गुणस्तरीय बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘चौथो बार्षिकोत्सवको अवसरमा गुणस्तरीय बीमा सेवा प्रदान गर्दै, जनताको विश्वासलाई थप उचो बनाउँदै, स्वास्थ्य प्रतिस्पर्धा, बीमितको हितमा काम गर्दै पारदर्शी र उत्तरदायी बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दैछौं ।’ बार्षिकोत्सवको अवसरमा सिईओ पौडेलले कारोबार सुरु गरेको छोटो अवधीमा नै कम्पनीले पब्लिक शेयर जारी गर्न सफल भएको बताए । कम्पनीले भोलिबाट ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्दैछ ।

प्रभु ग्रुपसहित देशका औद्योगिक घरानाहरुको प्रबद्र्धनमा रहेको कम्पनीको सञ्चालक समुहको नेतृत्व आत्मराम घिमिरले गर्दै आएका छन् भने व्यवस्थापन समुहको नेतृत्व नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गर्दै आएका छन् । त्यस्तै संचालक समिति सदस्यमा सुभाष अमात्य, मनिराम पोखरेल (प्रतिनिधिः प्रभु बैंक लि), रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल र अपूर्व प्रसाद जोशी (प्रतिनिधिः सांग्रिला डेभलपमेन्ट बैंक ) रहेका छन् । त्यस्तै, व्यवस्थापन समुह अन्तर्गत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायण प्रसाद पौडेल छन् । पौडेलको नेपाल राष्ट्र बैंकमा ३० वर्षको अनुभव भएका व्यक्ति हुन् । त्यस्तै नायव प्रमुख कार्यकारी अधिकृतमा किशोर प्रसाद लामिछाने कार्यरत छन् । त्यस्तै, चिफ अपरेटिङ अफिसरमा नमस सिंद देउजा, चिफ बिजनेश अफिसरमा प्रयास श्रेष्ठले सम्हालेका छन् ।

वित्तीय अवस्था
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ । आईपिओ भोलि मंसिर २९ गतेदेखि जारी हुदैछ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा संस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुनेछ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा कम्पनीले २५ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९५ दशमलव ४० प्रतिशतले बढी हो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ रहेको छ भने महा विपत्ती कोषमा १ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २३ करोड ९१ लाख रुपैयाँ संचिती रहेको छ ।

त्यस्तै कम्पनीले चालु आवको कात्तिक मसान्तसम्ममा ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले प्रथम बीमाशुल्क आर्जन मार्फत १८ करोड रुपैयाँ र नविकरण बीमाशुल्क आर्जन मार्फत १५ करोड रुपैयाँ आर्जन गरेको हो ।

कम्पनीमा हाल ९० वटा शाखा कार्यालयहरुमार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ भने कम्पनीमा २ सय ६१ जना कर्मचारीहरु आवद्ध छन् । कम्पनीले चौथो बार्षिकोत्सवको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बार्षिकोत्सवकै अवसरमा देशैभरि रहेका प्रदेश कार्यालयहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ । कम्पनीले आज विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम आयोजना गरिने जनाएको छ । बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ पौडेलले सबै बीमित, कर्मचारी तथा अभिकर्ताहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS