IME Life New

प्रभु महालक्ष्मी लाइफका सीईओ भट्टराईको नियुक्तिमा बीमा प्राधिकरणले थाल्यो कारबाही, ५ दिनभित्र स्पष्टीकरण पठाउन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराईको नियुक्तिका विषयमा उजुरी परेपछि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा सोमबार (माघ ८ गते) पत्र पठाउँदै भट्टराईको नियुक्तिका विषयमा उठेका प्रश्नको जबाफ पठाउन निर्देशन दिएको हो। कम्पनीका एक शेयरधनीले बीमा प्राधिकरणमा गत पुस २९ गते उजुरी दर्ता गर्दै सीईओ भट्टराईको नियुक्तिका विषयमा छानबिन गरी कारबाही गर्न माग गरेका थिए।

Esewa
Crest

सोही उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाउँदै प्राधिकरण प्रभु महालक्ष्मी लाइफलाई पत्र पठाएको हो। कम्पनीका सीईओ भट्टराई र निजको कम्पनीमा एकाघरको परिवारअन्तर्गत वित्तीय स्वार्थ रहेको भन्ने व्यहोराको उजुरी निवेदनका सम्बन्धमा अवगत भएको पत्रमा उल्लेख छ।

यस सम्बन्धमा के कसो भए गरेको हो भन्ने विषयमा यो पत्र प्राप्त मितिले पाँच दिनभित्र बीमा प्राधिकरणमा खुलाई पठाउन प्राधिकरणले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS