IME Life New

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई क्रिमसन हस्पिटलमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले क्रिमसन हस्पिटलसंग आपm्ना हितग्राही ग्राहकको लागि २ वर्षका लागि विशेष छूट समझौता गरेको छ ।

आउँदो पुस १ गतेका दिन दुबै पक्षबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट सञ्चालन प्रमुख बसन्ता उपाध्याय तथा क्रिमसन हस्पिटलको तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले हस्ताक्षर गरेका हुन् । सम्झौताबमोजिम प्रभु क्यापिटलका हितग्राही खातावालाहरुले तिलोत्तमा नपा, मणिग्राम, रुपन्देहीको क्रिमसन हस्पिटलबाट चिकित्सा सेवा लिदा हस्पिटलले दिँदै आएको सबै प्रकारको सेवामा १५% छूट पाउने भएका छन् । प्रभु क्यापिटलका हितग्राहीले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो परिचयपत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्डमार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको छ ।

Esewa
Crest

यो क्रिमसन हस्पिटल आधुनिक प्रविधियुक्त, विभिन्न सेवासुविधासहितको उत्कृष्टमध्येको हस्पिटल हो। जसमा शीर्ष डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आइरहेका छन् । हस्पिटलले २४ सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी–स्क्यान, डिजिटल एक्स–रे, फिजियोथेरापी, डायलासिस लगायतका विभिन्न चिकित्सा सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र केबिन जस्ता थप सुविधाहरू पनि उपलब्ध गराएको छ ।

प्रभु क्यापिटल मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो। जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई मर्चेन्ट सेवा दिने, पूँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम गर्ने, आफ्ना प्रडक्ट तथा लगानी योजनासँगै सामाजिक उत्तरदायित्व वहन साथै यस्ता व्यवसायिक समझौता मार्फत आफ्ना ग्राहकलाई अतिरिक्त सेवा सुविधा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS