IME Life New

प्रधानमन्त्री देउवाले भने- एमसीसी पास गर्नुपर्छ, अन्तर्राष्ट्रिय कानुन लागू हुँदैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयाेग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्नुपर्ने बताएका छन् ।

‘एमसीसी नेपालकै कानुनको अधिनमा रहेर लागू हुने हो,’ बाढीपहिरोको अवलोकन गर्न सुदूरपश्चिम प्रदेशको कैलाली आइपुगेका प्रधानमन्त्री देउवाले भने, ‘बाहिरी हल्ला फैलाएर त्यसको गलत प्रचार गरिएको छ, त्यस्तो हैन, एमसीसी नेपालको हितमा छ, निसर्त पास गर्नुपर्दछ ।’

देउवाले बेमौसमी वर्षापछि आएको बाढीपहिरोमा परेर भएको क्षतिलाई तत्कालै सम्बोधन गरिने बताए । अहिलेको मुख्य समस्या बाढीपहिरो रहेको बताउँदै उनले राहत र सुरक्षित बसोबासका लागि तत्कालै सरकारले कार्यक्रम ल्याउने घोषणा गरे ।

Esewa
Crest

बाढीपहिरोबाट भएको क्षति र पुर्नस्थापनाका लागि दीर्घकालीन योजना बनाइने देउवाले बताए । उनले विपद जुनसुकै वेला पनि आउन सक्ने भन्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्नेमा समेत जोड दिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनका बारेमा कुनै छलफल नभएको बताए । पाँचदलीय गठबन्धनको सहमतिमा सरकार बनेको प्रसंग निकाल्दै देउवाले सुदूरपश्चिमका विषयमा छलफल नभएको बताए । उनले सरकार परिवर्तनका लागि गठबन्धनसँग छलफल गरिनुपर्ने उल्लेख गरे । (न्युज कारखाना)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS