IME Life New

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दलहरुबीचको समीकरण फेरिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका छन्। तर, यसपालि भने प्रचण्डले आफ्नो नेतृत्वको सरकार टिकाउन निकै कठिन हुने देखिन्छ।

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका हुन्। यसका लागि प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यलाई समावेश गरिदिन प्रधानमन्त्री दाहालले संघीय संसदमा आग्रह गरेका छन्।

Esewa
Crest

दाहालको नेतृत्वमा २०७९ पुस ११ गते सरकार गठन भएको थियो। यो सरकारको मुख्य घटक नेकपा एमाले केही दिनअघि नेपाली कांग्रेससँग नयाँ दलीय समीकरण बनाएर सरकारबाट बाहिरिएको छ। योसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। यद्यपि, उनले विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री दाहालले यसअघि पनि ४ पटक विश्वासको मत लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS