IME Life New

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक, लकडाउनबारे छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंसहित देशैभरि कोरोना भाइरसको संक्रमण बढेपछि पुनः लकडाउन गर्ने वा कुन रणनीतिमार्फत व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले सर्वदलीय छलफल सुरु गरेका छन् ।

आज विहानदेखि बालुवाटारमा सुरु भएको छलफलमा विपक्षी दलका नेता शेर बहादुर देउवा र राजपाका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागी छन् । कोरोना नियन्त्रण गर्ने बैठकमा नेकपाका अन्य नेताहरु सहभागी छैनन् । कोरोना भाइरस समुदायमा फैलिएको आशंकासँगै सरकारले लकडाउन खुल्ला गर्ने रणनीति परिवर्तन गर्ने सम्बन्धमा केही दिनदेखि तयारी गरिएको थियो ।

Esewa
Crest

सरकारले तत्काल लकडाउन गर्ने भन्दा पनि सवारी साधनमा जोर बिजोर लागू गर्ने, केही सेवाहरु बन्द गरेर मानिसको चहल पहल घटाउने वा पुनः लकडाउन लगाउने भन्ने सम्बन्धमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS