IME Life New

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज गरिएको मृगौला प्रत्यारोपण सफल भएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आज विहानदेखि सुर गरिएको अपरेशन चार घण्टामा पूरा भएको हो ।

प्रा.डा. अरुण सायमीका अनुसार प्रम ओलीको शरीरमा ट्रान्सप्लान्ट गरिएको मृगौलाले काम गर्न सुरु गरेको छ । उहाँ होसमा आएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण र थप जानकारी दिने जनाइएकोछ । गत असोजदेखि मृगौलामा समस्या आएपछि प्रधानमन्त्री ओली सिंगापुर पुगेर समेत उपचार गरेका थिए ।

Esewa
Crest

२०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका प्रम ओलीको आज गरिएको प्रत्यारोपण दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS