IME Life New

प्रदेश ५ शेयर लगानीकर्ता फोरमले भेटे अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। बुटवल केन्द्रिय कार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धी माग राखेका छन् । माघ २० गते अर्थमन्त्रालयमा भएको कार्यक्रममा प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्रीलाई भेट्दै वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु पर्ने, प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउने पर्ने, धितोपत्र बोर्ड र नेप्सेलाई प्रदेश स्तरमा पनि उपस्थीती गराउने पर्ने, पूर्ण स्वचालित अन्लाईन कारोवार प्रणालीको निर्माण, समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई कारवाही र लिलामी शेयर खरिद गर्नको लागि अन्लाईन प्रणालीको निर्माण गर्ने माग राखेको थियो।

त्यस्तै फोरमले अर्थमन्त्री विष्णु पौडेलको कार्याकालमा शेयर बजारले एतिहासिक रेकर्ड बनाउदै गएकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि शेयर बजार विकासका लागि शुभकामना दिएको छ।

Esewa
Crest

कार्यक्रममा सहभागी  प्रदेश ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीका अनुसार कार्यक्रममा ऊठाईएका माग प्रति अर्थमन्त्री सकारात्मक हुनु भएको छ।

माग सहित कार्यक्रममा प्रदेश ५ शेयर लगानीकर्ता  फोरमका तर्फबाट अध्यक्ष कमल तिवारी, गोपी राज भुषाल र दिनेश गैरेको उपस्थीती थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS