IME Life New

प्रदेश १ का उद्योग ४७ प्रतिशत ‌न्यून ‌क्षमतामा चल्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। प्रदेश १ का उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग करिब ५३ प्रतिशत मात्र रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक वर्ष २०७७र७८ को आर्थिक अवस्थासम्बन्धि प्रतिवेदनमा अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.९ प्रतिशत मात्र रहेको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५७.५ प्रतिशत रहेको थियो । तोरीको तेल उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९४.५ प्रतिशत क्षमता उपयोग गरेका छन्। वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.९ प्रतिशत रहेको छ ।

Crest

राष्ट्र बैंकका अनुसार वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ६१.४ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले वनस्पति घिउ उद्योगको उत्पादन क्षमताको उपयोगमा उल्लेखनीय गिरावट आउनु पछाडिको कारण बारे केही उल्लेख गरेको छैन।

स्वास्थ्यका दृष्टिकोणले तुलनात्मकरुपमा अस्वस्थ्यकर मानिने पामोलिन तथा वनस्पति घिउको प्रयोग धेरै जसो सस्तो मूल्यको खानेकुरा उत्पादन गर्ने उद्योग वा होटलले बढी मात्रामा प्रयोग गर्छन्।

विगतमा उपभोक्ताहरुले सीमावर्ती भारतीय बजारबाट तोरीको तेल खरीद गर्ने गरेकोमा कोरोना महामारीका कारण घोषित निषेधाज्ञाले सीमावर्ती नाकाहरुबाट हुने आवागमन नियन्त्रण गरेकाले आन्तरिक उत्पादनको मागमा वृद्धि भई तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको राष्ट्र बैंकको बुझाई छ।

खानेतेल उत्पादन गर्ने पूर्वका उद्योगहरुले गत आवमा भटमास र पाम तेलको भारत निर्यातको भरपूर फाइदा उठाएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस अध्ययनमा समेटिएका उद्योगहरुमध्ये तयारी कपडा उद्योगको क्षमता उपयोगको वृद्धि सबैभन्दा बढी ५५.५ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा अध्ययनले समेटेका उद्योगहरुमध्ये तयारी कपडा उद्योगको उत्पादन सबैभन्दा बढी ३८८.५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तयारी कपडाको उत्पादन ५९.४ प्रतिशतले घटेको थियो।

कोभिड संक्रमणको कारण सीमा नाका नियमित नहुँदा स्थानीय बजारमा आयातित तयारी कपडा कमी भई स्वदेशी लत्ताकपडाको माग बढेकाले तयारी कपडाको उत्पादन उल्लेख्य बढेको अध्ययन प्रतिवेदनमा‌ उल्लेख छ।

तर इँटा उद्योगको उत्पादन सबैभन्दा बढी ७६.७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा इँटा उत्पादनमा कुनै परिवर्तन आएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS