IME Life New

प्रदूषणको मात्रा धेरै भए सवारीसाधन मर्मत गर्न मेयर बालेनको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सवारीसाधनको प्रदूषणको मात्रा धेरै भए मर्मत गर्न आग्रह गरेका छन्।

मेयर साहले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘के तपाइँको सवारीसाधनको अवस्था ठीक छ ? प्रदूषणको मात्रा धेरै छ । अवस्था ठीक छैन भने सवारीसाधनलाई मर्मत सरसफाइ गराउनु होला।’

Esewa
Crest

ट्राफिक प्रहरीको सहकार्यमा काठमाडौं महानगरमा सवारीसाधनको प्रदूषण जाँच गरिराखेको पनि साहले जानकारी गराएका छन्। ‘महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ’, उनले लेखेका छन्, ‘मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ ।’

मेयर साहका अनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । ‘सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ’, उनले लेखेका छन्, ‘तीनपांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुईपांग्रे सवारीसाधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।’

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारीसाधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयू) हुनुपर्ने मेयर साहले जानकारी गराएका छन्। ‘सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारीसाधनका लागि सवारीको धुँवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ’, उनले लेखेका छन्।

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अंक देखियो भने प्रदूषण मापदण्डबाहिर मेयर साहले अवगत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS