IME Life New

प्रदर्शनलाई लिएर चारवटै सुरक्षा संयन्त्र हाई अलर्ट,रिङ रोडभित्र १० हजार प्रहरी परिचालन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स‌ंघीय राजधानीमा बिहीबार दुई बेग्लाबेग्लै समूहले गर्ने प्रदर्शनका क्रममा दुई पक्षबीच हुने झडप नियन्त्रण सहित शान्तिपूर्ण प्रदर्शन सुनिश्चित गर्न चारवटै सुरक्षा स‌ंयन्त्र परिचालन गरिएका छन् । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले गर्ने प्रदर्शनको नेतृत्व व्यवसायी दुर्गा प्रसाई‌ंले र यूवा संघ नेपालको प्रदर्शन महेश बस्नेतले गरिरहेका छन् ।

सरकारले विशेष सुरक्षा कार्ययोजना लागू गरेर उपत्यकाभित्रका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको सबै कमाण्डलाई परिचालन गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपत्यकाभित्रका सबै गणको सुरक्षाकर्मीलाई परिचालन गरिएको छ। यसबाहेक थप मद्दतका लागि नेपाली सेना समेत स्ट्याण्ड बाई रहेको छ।

Crest

प्रदर्शनसँग सम्बन्धित सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एकीकृत परिचाल कमाण्डन खडा गरिएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापा र डीआईजी लालमणि आचार्यको संयोजकत्वमा ‘ज्वाइन्ट अपरेसन कमान्ड’ खडा गरिएको छ । गृह सचिवको संयोजकत्वमा मन्त्रालयमा समेत सुरक्षा समन्वय संयन्त्र खडा गरिएको छ ।

प्रसाईं नेतृत्वको अभियानले धार्मिक मुद्दालाई अघि सारेकाले प्रदर्शनका क्रममा केही अप्रिय घटना हुनसक्ने आश‌ंका र सूचना सहित सुरक्षा अधिकारीहरू उच्च सतर्कतामा रहेका छन् ।

ड्राेन देखि ज्यामरसम्मको प्रयोगः

प्रदर्शनको सुरक्षालाई मध्यनजर गर्दै बिहीबार १० हजार सुरक्षाकर्मी परिचालन हुँदैछन्। प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि सादा पोशाकमा ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट थप २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।काठमाडौ उपत्यका प्रहरीले सुरक्षा निगरानीका लागि दुबै प्रदर्शन स्थलमा ड्रोनको समेत प्रयोग गर्ने भएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ । यो सवारी साधनमा जडित उपकरणले माेबाइल नेटवर्कलाई आसपासको क्षेत्रमा अवरुद्ध पारिदिन्छ।

प्रदर्शनका लागि बुधबार नै दुबै पक्षले देशका ठाउँ ठाउँबाट समर्थक उतारेका छन् । यूवा संघले भ्रष्टाचार र अनियमितता नियन्त्रण, सामाजिक सदभाव कायम गर्नुपर्ने माग राख्दै प्रदर्शन गर्ने घोषणा गरेको छ। स‌ंघले यस्तो दाबी गरेपनि सिधै प्रसाई‌ं नेतृत्वको प्रदर्शनसँग जम्काभेट गर्ने नियतले सोही दिन र समयमा स‌ंघले कार्यक्रम आयोजना गरेको निष्कर्ष सुरक्षा अधिकारीको छ।

युवा संघले तीनकुनेमा प्रदर्शन र सभा गर्न घोषणा गरेको छ। अभियानले रिङ रोडभर जुलुस प्रदर्शनपछि बल्खुको खुला चाैरमा सभाको आयोजना गर्ने घोषणा गरेको छ।

प्रहरी प्रधान कार्यालयले कार्यक्रमकै लागि भनेर विशेष कार्यदल, १ नम्बर गण नक्साल, विपद् व्यवस्थापन गण र प्रहरी प्रधान कार्यालयभित्रको थप जनशक्तिलाई तयारी हालतमा राखेको छ । सशस्त्र प्रहरीले उपत्यकाका तीनवटै गण र सिनामंगलस्थित विपद् व्यवस्थापन गण मातहत सबै जनशक्ति युवा संघ र प्रसाईं नेतृत्वको कार्यक्रममा परिचालन गरेको छ ।

प्रसाईं नेतृत्वको अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था उल्ट्याउनुपर्ने, धर्म निरपेक्षता खारेज गर्नुपर्ने माग गर्दै हिन्दूवादी र राजावादीको सहानुभूती बटुल्ने प्रयास गरेको छ। यसैगरी किसानले बैंक वित्तीय संस्थाबाट लिएको २० लाख रुपैयाँसम्मका ऋण मिनाहा गर्नुपर्ने माग राखेर बै‌ंक पीडितको सहानुभूती जुटाउने प्रयास गरेको छ। यसबाहेक यूवा संघले आवरणमा महँगी, भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव कायमलगायतका विषय अघि सारेर प्रदर्शनको घोषणा गरेको छ। एमाले कार्यकर्ता महेश बस्नेतलाई झापामा अवरोध गरेको र यूवा स‌ंघका कार्यकर्ताले प्रसाई‌ंलाई काठमाडाै‌ंमा मोसो दलेपछि दुबै समूह मुठभेडको नियतमा रहेको देखिन्छ। यसबाहेक बस्नेतको जस्तो अनुहार भएका एक यूवाको भिडियो सामाजिक सञ्चालमार्फत् सार्वजनिक गरिएपछि प्रसाई‌ं र बस्नेतबीचको व्यक्तिगत रिसइबी झन् चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS