IME Life New

पौने २ अर्ब विद्युत बक्यौता रहेको रिलायन्स स्पिनिङले पायो आइपीओ अनुमति, ठूलै आर्थिक चलखेलको गन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पौने २ अर्ब विद्युत महसुल बक्यौता रहेको रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाको एकल निर्णयबाट आज रिलायन्स स्पिनिङलाई आइपीओ अनुमति दिएको हो।

योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गरिसकेको रिलायन्स स्पिनिङले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आइपीओ ल्याउन अनुमति मागेको थियो। अब कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ।

Esewa
Crest

माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। जसअनुसार माथिल्लो रेन्जमा नै कटअफ प्राइस तय भएको थियो।

बुक बिल्डिङ विधिअनुसार अब कम्पनीले सर्वसाधारणलाई कटअफ प्राइसमा १० प्रतिशत छुट दिई आइपीओ बिक्री खुलाउनुपर्ने हुन्छ। यस हिसाबमा सर्वसाधारणलाई यो कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँ आइपीओ खुलाउन धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। कम्पनीले यही मूल्यमा सर्वसाधारणका लागि बाँकी रहेको ६० प्रतिशत ११ लाख ५५ हजार ९६० कित्ता शेयर बिक्रीमा ल्याउनेछ।

बुक बिल्डिङ विधिबाट ल्याइएको आइपीओमा सर्वसाधारणले कम्तीमा ५० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। यो हिसाबले यो आइपीओमा सर्वसाधारणले ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ। रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ।

नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुलबापतको १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेको रिलायन्स स्पिनिङलाई प्रोभिजन नै गर्न नलगाई आर्थिक चलखेलका आधारमा मापदण्डविपरीत उच्च मूल्यमा बुक बिल्डिङमार्फत आइपीओ निकाल्न अनुमति दिएको पाइएको छ। गत वर्ष पुस १९ गते धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालले यो कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ। यो हिसाबले कम्पनीले चुक्तापुँजीभन्दा पनि बढी रकम प्रोभिजनमा राख्नुपर्ने भएको देखिन्छ। आर्थिक चलखेल गरी यसअघि पनि योग्य संस्थागत लगानीकर्तालाई उच्च मूल्यमा बुक बिल्ङिमा आइपीओ ल्याउन रियालन्स स्पिनिङलाई अनुमति दिएको बोर्ड स्रोत नै बताउँछ।

रिलायन्स स्पिनिङले विद्युतको बक्यौता तिर्दा रिलायन्सको नेटवर्थमा उच्च गिरावट आउनेछ। त्यसरी बक्यौता रकम तिर्दा रिलायन्सले उक्त रेन्जमा बुक बिल्डिङमा जानै मिल्दैन। तर, अध्यक्षको जिम्मेवार पाएका रानाको एकल निर्णयबाट त्यस्ता विषयमा नजरअन्दाज गरी पुनः आर्थिक चलखेलको भरमा रिलायन्स स्पिनिङले सर्वसाधारणका लागि बुक बिल्डिङमा आइपीओ ल्याउन अनुमति दिइएको धितोपत्र बोर्ड स्रोत बताउँछ।

आर्थिक वर्ष २०७९।८० मा प्रतिशेयर नेटवर्थ २४८.६७ रुपैयाँ रहेको कम्पनीले देखाएको छ। चालु आर्थिक वर्ष २०८०।८१ को असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार करिब १ रुपैयाँ बढेर २४९.४८ रुपैयाँ पुगेको देखाइएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म यो कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने ०.९६ रुपैयाँमात्र रहेको छ। कम्पनीको वास्तविक वित्तीय स्वास्थ्य भने निकै कमजोर रहने भएकोले लगानीकर्ताहरु फस्ने सम्भावना धेरै देखिन्छ। यो आइपीओमा ठूलै आर्थिक चलखेल भएको स्रोत बताउँछ।

धितोपत्र बोर्डका अध्यक्षको जिम्मेवारी पाएका रानाले सबै कुरा हेरेर आफूले रिलायन्स स्पिनिङलाई सर्वसाधारणलाई आइपीओ ल्याउन अनुमति दिएको दाबी गरे। ‘सबै मापदण्ड पूरा गरेको छ, त्यसैले मैले आइपीओ अनुमति दिएँ’, उनले इन्स्योरेन्स खबरसँग भने, ‘सञ्चालक समितिले निर्णय लिने अख्तियारी मलाई दिएको छ। त्यसैले आइपीओ अनुमति दिन सञ्चालक समितिमा छलफल गर्नै पर्दैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS