IME Life New

पूर्वी र सुदूरपश्मिची क्षेत्रको पहाडी भूभागमा हिमपातको संभावना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराई तथा उपत्यका केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य, कृषि, यातायात तथा आन्तरिक हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने महाशाखाले जानकारी दिएको छ ।

Esewa
Crest

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार साँझबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS