IME Life New

पूर्वबैंकरहरुबाट एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी, कृषिलाई प्राथमिकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी भइरहेको छ।

अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्षअघिबाट प्रारम्भ भइसकेको छ। विदेशी लगानीका दुईवटा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ११ वटा भेन्चर क्यापिटल अहिले सञ्चालनमा छन्। राम्रो सम्भावना भएर पनि पुँजीको अभावमा धेरै उद्योग–व्यवसाय राम्ररी चल्न सकेका छैनन्। सम्भावना भएका नयाँ उद्योग–व्यवसायमा जोखिम बढी हुने डरले बैंकहरु लगानी गर्न चाहँदैनन्। यस्ता उद्योग–व्यवसायमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले लगानी गर्छन्।

Esewa
Crest

नेपालमा सम्भावनाका आधारमा उद्योग–व्यवसाय नखुल्ने र खुलेकामा पनि पारदर्शी लेखाप्रणाली र व्यवस्थापन नहुने हुँदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलहरुले लगानी गर्न सकेका छैनन्। यही यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कृषि क्षेत्रका उद्योग–व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको छ।

नेक्सजेन म्यानेजमेन्टले पूर्वबैंकर, नियमक निकायका पूर्वप्रमुख, कृषिविज्ञ र कृषि उद्यमीहरुसँगको निरन्तर छलफल र सम्भाव्यता अध्ययनपछि एग्रो भेन्चर क्यापिटल स्थापनाको तयारी प्रारम्भ गरेको हो। विभिन्न चरणको छलफलपछि प्रस्तावित कम्पनीको नाम नेपाल एग्रो भेन्चर क्यापिटल राख्ने निर्णय भएको छ। कम्पनीको तत्काल चुक्तापुँजी ५० करोड रुपैयाँ र सञ्चालनको १ वर्षभित्र १०० करोड रुपैयाँ बनाइने भएको छ।

कम्पनीमा संस्थापकहरुका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत शेयर छुट्याइनेछ। संस्थापक शेयरमध्ये ४५ प्रतिशत बैंक, बीमा र सूचीकृत संस्थाका लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र प्राइभेट कम्पनीका लागि छुट्याइनेछ।

प्रस्तावित भेन्चर क्यापिटल कम्पनीमा ७ सदस्यीय सञ्चालक समिति हुनेछ। संस्थापकबाट ५ जना, सर्वसाधारणबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना हुनेछ।

नेपालमा विदेशी लगानीका र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालनमा छन्। तर, कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसायको स्थापना, सञ्चालन र प्रवर्द्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले यो प्रकृतिको कम्पनीको आवश्यकता भएको नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष तथा प्रस्तावित कम्पनीका एक प्रवर्द्धक रमेशकुमार भट्टराईले बताए।

नेपाल कृषिप्रधान देश हो। ६५ प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर छन्। जीडीपीमा कृषिको योगदान २४ प्रतिशतभन्दा बढी छ। कृषि क्षेत्रको विकास विना देशको विकास सम्भव छैन। जनताको जीवनस्तर र क्रयशक्ति बढाउन कृषि उत्पादन र कृषिमा आधारित उद्योग–व्यवसायको विकास हुनै पर्छ। तर, कृषिमा सोचेजस्तो लगानी हुन सकेको छैन। कृषिमा सरकारले दिएको सुविधा पनि टाठाबाठाले पहुँचका आधारमा दुरुपयोग गरेका छन्। सही कृषक र उद्यमीले पाउन सकेका छैनन्।

सरकारले कृषि क्षेत्रको विकास र विस्तार गर्ने आकर्षक र चर्को नारा दिएको त छ तर केही गर्न सकेको छैन। त्यसैले जनस्तर र निजी क्षेत्रबाट पनि सकेको प्रयास गर्ने सिलसिलामा भेन्चर क्यापिटलका माध्यमले गर्न खोजेको भट्टराई बताउँछन्। धितोपत्र बोर्डबाट स्वीकृति लिई कृषिलाई प्राथमिकतामा राखेर सेक्टरवाइज फन्ड उठाएर लगानी गर्ने र सँगसँगै अरु सेक्टरका उद्योग–व्यवसायलाई पनि त्यसैगरी क्रमशः लगानी गर्दै विस्तार गर्दै लान सकिने विश्वास भट्टराईको छ।

प्रस्तावित नेपाल एग्रो क्यापिटलको सम्भाव्यता अध्ययन र आवश्यक तयारी भइसकेको छ। आउने हप्ताभित्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, व्यक्तिगत लगानीकर्ता र निजी कम्पनीहरुलाई सम्पर्क गरी अघि बढ्ने जानकारी भट्टराईले दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS