IME Life New

पूर्वका स्थानीय निकायमा शैक्षिक संस्था सुचारु हुने, इलाम र विराटगरले दिएनन् विदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वका स्थानीय निकायले शिक्षा मन्त्रालयको शैक्षिक संस्था बन्द गर्ने निर्णयलाई कार्यान्वयन नगर्ने भएका छन् । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदुषणका कारण भोलिदेखि शुक्रवारसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

तर इलाम नगरपालिकाले हालको अवस्थामा इलाम नगरपालिका क्षेत्रमा कुनै पनि विद्यालयहरु बन्द नहुने हुँदा नियमित रुपमा विद्यालय संचालन गर्न गर्न निर्देशन दिएको हो । त्यस्तै विराटनगर महानगरपालिकाले पनि आफ्नो महानगरपालिका भित्रका शैक्षिक संस्थाहरु बन्द नगर्न निर्देशन दिएको छ । सरकारले भने जस्तो वातावरणीय असहज अवस्था उत्पन्न नभइसकेको तथा कोभिड १९ को महामारीमा लामो समय विद्यालय बन्द भइ भर्खरै चालु शैक्षिक सत्रमा शिक्षण सिकाई कृयाकलाप सञ्चालनको गति लिइरहेको तर्फ मध्यनजर गर्दै महानगरपालिका भित्रका सम्पूर्ण शिक्षण संस्थाहरु नियमित सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।

Esewa
Crest

केहिदिन देखि वातावरण प्रदुषण हुँदा जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य समस्या आउने भन्दै सरकारले वायु प्रदुषण हुने कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको छ । यसै क्रममा भोलिदेखि शैक्षिक संस्थानै बन्द गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS