IME Life New

पुनर्बीमकहरुलाई न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्याउन प्राधिकरणको निर्देशन, १५ दिनभित्र योजना पेस गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुनर्बीमा कम्पनीहरुले अबको १ वर्षभित्र न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने भएको छ।

पुनर्बीमा कम्पनीहरुले अबको १ वर्षभित्र न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने नेपाल बीमा प्राधिकरणले निर्णय गरेको हो। ‘२०८१ माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय भएको छ’, प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले भने।

Esewa
Crest

पौडेलका अनुसार तोकिएको चुक्तापुँजी पुर्याउनका लागि पुनर्बीमा कम्पनीहरुलाई सञ्चालक समितिबाट निर्णय गरी १५ दिनभित्र पुँजी योजना प्राधिकरणमा पेस गर्न निर्देशन दिइएको छ।

दुई पुनर्बीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा रू‍. २५ अर्ब पुर्‍याउने तयारी

जीवन र निर्जीवन बीमकको न्यूनतम चुक्तापुँजी दोब्बर बनाउन निर्देशन दिएको २ वर्ष नपुग्दै प्राधिकरणले स्वदेशी दुई पुनर्बीमा कम्पनीको स्वधारण क्षमता वृद्धिका लागि चुक्तापुँजी बढाउने निर्णय गरेको हो। यसअघि प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि पुँजी वृद्धिको आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदनमा स्वदेशी पुनर्बीमकको स्वजोखिम धारण क्षमता बढाउन न्यूनतम चुक्ता पुँजी वृद्धि गर्नुपर्ने निष्कर्ष निकालिएको थियो। स्वदेशभित्र र बाहिरको समेत पुनर्बीमा व्यापारको जोखिम भार बहनका लागि वित्तीय सबलता जरुरी भएकाले तत्कालै पुँजी वृद्धि गर्न जरुरी रहेको प्रतिवेदनमा सुझाव दिइएको थियो।

स्वदेशी बीमा कम्पनीको बढ्दो कारोबार र जोखिमको बढ्दो आकारसँगै पुनर्बीमकको वित्तीय सबलता बलियो बनाउन पुँजी वृद्धि आवश्यक रहेको प्राधिकरणको तर्क छ।

हाल सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी १२ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ छ। यसैगरी निजी क्षेत्रले प्रवर्द्धन गरेको हिमालयन रिइन्स्योरेन्सको चुक्तापुँजी १० अर्ब रुपैयाँ छ। प्राधिकरणले न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेकोले अब हकप्रद शेयर जारी गर्नेबाहेक तत्काल अर्को उपाय भने देखिँदैन।

प्राधिकरणले यसअघि गत २०७८ चैत १० गते जीवन बीमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी तोकेको थियो। यी दुवै किसिमको बीमा व्यवसाय गर्ने बीमकलाई २०७९ चैत मसान्तभित्र चुक्तापुँजी वृद्धि गरिसक्न भन्दै प्राधिकरणले जम्मा १ वर्षको छोटो समय सीमा तोकेको थियो। केही कम्पनीहरुले प्राधिकरणको तोकेको चुक्तापुँजी पुर्याउन सफल भए भने अझै अधिकांश कम्पनीहरुले भने चुक्तापुँजी पुर्याउन कोसिस गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS