IME Life New

पिपुल्स हाइड्रोपावरले ८२ करोड ५० लाख रुपैयाँको आइपिओ निष्काशन गर्दै, पायो ‘डबल बि’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्राथमिक शेयर निष्काशनको तयारीमा रहेको पिपुल्स हाइड्रोपावर कम्पनीले ‘केयर एनपि डबल बि’ इस्युअर रेटिङ प्राप्त गरेको छ। केयर रेटिङ नेपालका अनुसार उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गरेका खण्डमा मध्यम किसिमको जोखिम रहेको संकेत प्रदान गर्दछ।

कम्पनीले ८२ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्दैछ। प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले सानिमा क्यापिटल सँग संझौता गरिसकेको छ। पिपुल्स हाइड्रोपावर कम्पनीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ।

Esewa
Crest

रेटिङ एजेन्सीका अनुसार आयोजनाको टनेल निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी हाइड्रोमेकानिकलको काम बाँकी छ। हाइड्रोमेकानिकल तर्फको प्राविधिक काम बाँकी रहेकाले कम्पनीले राम्रो रेटिङ पाउन नसकेको हो।

आयोजनाको निर्माण लागत ८ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यस आधारमा प्रतिमेगावाट लागत १६ करोड ३० लाख रुपैयाँ पर्न जान्छ। आयोजनाको लागत मध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर पुँजीबाट जुटाउने योजना रहेको छ। जसमा ६ अर्ब १६ करोड बैंकहरु सँग कर्जा लिनेछ र २ अर्ब ६४ करोड रुपैयाँ शेयर पुँजीबाट जुटाउनेछ। संस्थापक शेयरधनीहरुबाट एक अर्ब ८६ करोड जुटाइसकेको कम्पनीले बाँकी पुँजी प्राथमिक शेयर निष्काशन गरेर जुटाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS