IME Life New

पिपुल्स हाइड्रोपावरको साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स हाइड्रोपावरको सत्रौं वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ । सभा क्वालिटी बैंकेट, बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको सत्रौं वार्षिक (आर्थिक वर्ष २०८० /०८१) प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८० / ०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१ / ०८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरेको छ । सभाले कम्पनीको १६ औं वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी भएको निर्णय संचालक समितिको मिति २०८१ पुस ४ गते साँझ ५ बजे बसेको बैठकले पुनरवलोकन गरी हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिई विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिको लागि निवेदन पेश गरिएको हकप्रद शेयर निष्काशन गर्ने र सो अनुसार प्राप्त हुने रकमको उपयोग गर्ने विषयमा संचालक समितिले गरेको निर्णय पारित गरेको छ ।

Esewa
Crest

सभाले जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरू समेत गर्न परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS