IME Life New

पाँचथर पावर कम्पनीको वार्षिक साधारणसभा आह्वान, १००% हकप्रद ल्याउने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचथर पावर कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (माघ २ गते) बसेको बैठकले साधारणसभा माघ २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तीसपुतलीस्थिजत होटल इम्पेरियलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले हाल कायम चुक्तापुँजी १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति लिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। नियमनकारी निकायहरुबाट प्रबन्धपत्र र नियमावलीमा कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS