IME Life New

नेप्से १०० अंकले घट्दा नौ अर्बको कारोबार, अधिकांश सूचक राताम्मे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राजनीतिक घटनामा क्रममा आएको परिवर्तनसँगै आज नेप्सेमा ठूलो शेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार नेप्से ९६.८८ (झण्डै एक सय) अंकले घटेर १९३५.६३ अंकमा कायम भएको छ ।

आइतबार अधिकांश सूचांक राताम्मे हुँदै शेयर मूल्य घटेपनि कूल एक करोड ४५ लाख नौ हजार ५३३ कित्ता शेयर खरिद बिक्री भई कूल नौ अर्ब चार करोड ७९ लाख २७ हजार ५४७ रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गर्दै बैशाखमा मध्यावधी निर्वाचनको मिति घोषणा गरेसँगै शेयर बजारमा पहिरो गएको छ । आज विहान आघा घण्टामा ६५ अंकले घटेको नेप्से केही सम्हालिँदै बजार बन्द हुँदा झण्डै एक सय अंकले घट्न पुगेको हो ।

आइतबार युनाईटेड आईडिआई मार्दी हाईड्रोपावरको सर्वाधिक मूल्यबृद्धि भई सकारात्मक सर्किट लागेको छ भने एभरेष्ट इन्स्योरेन्स प्रमोटर शेयर महुली लघुवित्त वित्तीय संस्थाको शेयर आज पनि उल्लेख्य रुपमा बृद्धि भएको छ । त्यस्तै, सूर्योदयो लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्वन वित्तीय संस्था, चिलिमे हाईड्रोपावर लगायतका कम्पनीहरुको मूल्यमा नाकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS