IME Life New

परिपक्व जीवन बीमालेखको दाबी भुक्तानीमा प्राधिकरणले ल्यायो यस्तो व्यवस्था

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकले परिपक्व भएको बीमालेखको दाबी भुक्तानी निवेदन दर्ता भएको ७ दिनभित्र गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

मार्गदर्शनअनुसार बीमकले बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरु लिई भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्नेछ। बीमितले सम्पूर्ण कागजात पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन दर्ता भएको ७ दिनभित्र दाबी भुक्तानी दिनुपर्नेछ।

Crest

यसैगरी बीमालेखको अवधि समाप्त हुनुअगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई पनि इच्छाएको नभए बीमा ऐनको दफा १२७ को उपदफा (२) तथा (३) मा उल्लिखित व्यक्तिमध्ये सबैभन्दा नजिकको हकवाला वा अख्तियारप्राप्त व्यक्तिले त्यस्तो बीमा रकम लिनका लागि तल उल्लेखित विवरण खुलाई दाबी भुक्तानीका लागि निवेदन दिनुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

(क) दाबी

(ख) बीमितको मृत्यु प्रमाणपत्र

(ग) दुर्घटनाबाट बीमितको मृत्यु भएको भए बीमितको मृत्यु कारणका सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शवपरीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन,

(घ) बीमितसँगको नाता प्रमाणपत्र,

सोहीबमोजिम निवेदन प्राप्त भएपछि बीमकले आवश्यक छानबिन गरी र आवश्यक भए अन्य कुरासमेत बुझी त्यस्ता कागजात प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनका लागि निवेदकको नाममा दाबी फर्छ्यौट पुर्जा (डिस्चार्ज भौचर) जारी गर्नुपर्नेछ।

ऐनबमोजिम जारी गरेको दाबी फर्छ्यौट पुर्जामा निवेदकले सहीछाप गरी प्राप्त भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ।

ऐनबमोजिम बीमकले विवरण छानबिन गरी दायित्व निर्धारण गर्दा बीमा भुक्तानी गर्नु नपर्ने भएमा सोको कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनुपर्नेछ। निवेदकलाई जानकारी दिँदा सो निर्णयउपर चित्त नबुझेमा नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सकिने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS