IME Life New

पदभार ग्रहणसँगै अध्यक्ष ढकालको प्रतिबद्धता-‘अबको २ वर्ष नीतिगत सुधारमा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एसोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाल नीतिगत सुधारमा लाग्ने प्रतिबिद्धता व्यक्त गरेका छन्।

ढकालले अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए। ‘सरकारी नीतिगत झन्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने हरेक बजेट र आर्थिक ऐन तथा अन्य नीतिगत परिवर्तनमार्फत समस्याहरु झेल्दै आउनुपरेको छ’, पदभार ग्रहण कार्यक्रममा उनले भने, ‘अबको दुई वर्षमा स्टक ब्रोकर र लगानीकर्ताको समस्याहरु सरकारलाई बुझाएर दीर्घकालीन रुपमै सामाधान निकाल्नेछु।’

Esewa
Crest

यसैगरी ढकालले अहिले नेपाली पूँजी बजारमा सेयर खरिदबिक्रीमा मात्रै सीमित रहेको भन्दै अबका दिनमा नेपाल धितोपत्र बोर्ड र सरकारसँगको सहकार्यमा मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटि डेरिभेटिभ साथै अन्य वित्तीय औजारहरु कार्यान्वनयमा ल्याउने समेत जानकारी दिए। ‘धितोपत्र दलाल व्यवसायीहरु लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमामा समेत सक्षम छन्’, उनले भने।

ढकालले अहिले लगानीकर्ताले २ वटा मात्र डिम्याट खाता खोली शेयर कारोबार गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा त्यसलाई हटाउँदै आवश्यकताको आधारमा खोल्ने पाउने व्यवस्थाका लागि पलह गरिनेसमेत जानकारी दिए। हाल पुँजीबजारअन्तर्गत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण सरोकारवाला निकायसँग गरिने भन्दै धितोपत्र दलाल व्यवसायीलाई हेर्ने नजरमा समेत परिवर्तन गर्नु जरुरी रहेको उनको भनाई थियो। ‘अहिले पनि हामी व्यवसायी माथि विभिन्न खालका लान्छानाहरु लाग्दै आएका छन् र बजारले पनि त्यस्तैगरी हेरिरहेको छ,’ उनले भने, ‘कतिपय अवस्थमा हामी व्यवसायीहरु सुध्रिनुपर्ने जरुरी छ भने कतिपय हाम्रा समस्याहरुका बारेमा अन्य निकायलाई बुझाउँदै सुधार गर्नुपर्नेछ।’

यसैगरी धितोपत्र दलाल व्यावसायी कम्पनीका शेयरधनीहरुलाई डिस्क्लोजर सहित आफ्नै संस्थाबाट शेयर खरिदबिक्री गर्नपाउने व्यवस्था लागू गर्न सम्बन्धित निकायसँग पहल गरिने समेत ढकालको भनाइ थियो। साथै, अहिले ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जसमक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणासम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा अबका दिनमा यस्तो सीमालाई ५० गुणासम्म बनाउनका लागि सम्बन्धित निकायसँग लविङ गरिनेसमेत जानकारी दिए।

यसैगरी अहिले नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यावसायिक संस्थाको कार्ड बोकेर सिंहदरबारलगायत सरकारी निकायमा सहजरुपमा प्रवेश पाईरहेको भन्दै केही समयभित्र स्टक ब्रोकर एसोसिएसनले जारी गरेको कार्ड देखाएर त्यस्ता निकायमा सहजै प्रवेश गर्न पाउने व्यवस्था गरिने समेत उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS