IME Life New

न्युयोर्कमा प्रधानमन्त्री ओली सहभागी हुने भनिएको कार्यक्रम स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता हुने भनिएको बृहत अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ।

नेपाली महावाणिज्य दूतावास न्युयोर्क र अमेरिकामा रहेका नेपाली समुदायको संयुक्त आयोजनामा आज प्रधानमन्त्री ओलीको स्वागत तथा अन्तर्क्रिया कार्यक्रम गर्ने तयारी थियो। कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी हुने भनिएको थियो। दुवैजनाको तस्बिर राखेर कार्यक्रमको प्रचारप्रसार पनि गरिएको थियो।

Esewa
Crest

अन्तिम समयमा नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले आज एक सूचना जारी गरी कार्यक्रम स्थगित भएको जानकारी गराएको छ। प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री देउवाको संयुक्त राष्ट्रसंघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत कार्यक्रम स्थगन गरिएको सूचनामा उल्लेख छ।

यसबाट पर्न गएको असुविधाप्रति आयोजकका तर्फबाट महावाणिज्य दूतावासले दुःखसमेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS