IME Life New

नेशनल हाइड्रोपावरले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो । सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।

सभामा लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Esewa
Crest

त्यस्तै, हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धी आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सभामा पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

कम्पनीले साधारण सभा गर्ने प्रयोजनका लागि चैत्र १३ गतेदेखि चैत्र २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, चैत्र १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS