IME Life New

नेशनल लाईफ इन्स्योरेन्सले आधारभूत सेयरधनीहरुलाई हकप्रद रकम जम्मा गर्न भन्यो, ६० प्रतिशत हकप्रद छिट्टै आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न सूचना जारी गरेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनलाई हकप्रद वापतको रकम आजको मिति जेष्ठ ०८ बाट ३५ दिनभित्र जम्मा गर्न भनेको हो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनिको हकप्रद ६० प्रतिशत अर्थात् १०:६ को अनुपातमा हकप्रद सेयर नियामका निकाय नेपाल धितोपत्र बोर्डले जेठ ४ गते अनुमति दिए संगै अंकित मूल्य १०० रुपैयाँको ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निस्कासनको तयारीमा कम्पनी लागेको बुझीएको छ, सो अनुरुप कम्पनीले सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न सूचना जारी गरेको हो ।

Esewa
Crest

नेशनलले एनआईबीएल एस क्यापिटलको पुतलीसडक शाखामा रहेको खातामा हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको हो । कालो सुचीमा परेका आधारभूत सेयरधनीले हकप्रद खरिद गर्न नपाउने कम्पनीले जनाएको छ ।

कम्पनीले ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ ।हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमशिकको बित्तिय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ४३ करोड ८१ लाख रहेको छ भने हाल कायम चुक्ता पुंजी अनुसार प्रति शेयर आम्दानी १७ रुपयाँ ९६ पैसा रहेको छ, पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३८६ रुपैयाँ रहेको छ ।

नेशनल लाईफ इन्स्योरेन्स नेपाल निजि क्षेत्रबाट संचालित सबै भन्दा पुरानो जीवन बिमा कम्पनी हो सुरुवाती समयमा राज परिवारको समेत लगानीमा संचालित यो बिमा कम्पनी पछिल्लो समय बजारमा कम मात्रै आक्रामक दखिन्छ, तर कम्पनीले आफ्नो अभिकर्ता संजाल, कम्पनी प्रतिको बिमितको विश्वसनीयता, लामो संचालन अनुभबलाई उजागर गर्दै अगाडी बढेको अवस्थामा कम्पनीको अवस्था सन्तोषजनक मान्नु पर्छ, पछिल्लो समय ९ ओटा नयाँ जिबन बिमा कम्पनीहरु संचालन आए संगै बिमा बजार प्रतिस्पर्धी बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS