IME Life New

नेप्से ४३ अंकले बढ्दा ६ अर्ब माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको चौथौ दिन नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले बढेर २६१९ दशमलव ०२ अंकको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।

आज नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा देखिएको समस्या देखिएको कारण केहि समय कारोबार अवरुद्ध भएसँगै नेप्स एक घण्टाको समयावधि बढाएको हो ।आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६ सय २५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँको शेयर करोबार भएको छ।

Esewa
Crest

आज सबैभन्दा धेरै एचआईडिसिएलको शेयर करोबार भएको छ । आज एचआईडिसिएलको ३६ करोड ३७ हजार रुपैयाँको शेयर करोबार भएको छ । अपर तामाकोशीको ३१ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत र अजोड इन्स्योरेन्सका लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

रैराङ हाईड्रोपावरका लगानीकर्ताले ३ दशमलव २९ प्रतिशतका दरले गुमाएक छन् भने बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS