IME Life New

नेप्से ३९ अंकले घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३९ दशमलव ९८ अंकले घटेर १,९९८ दशमलव ६५ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज दिनभरिमा २ सय ४ वटा कम्पनीको ८१ लाख ७७ हजार ३ सय ५३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६७ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ४० करोडमाथिको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २६ करोडमाथिको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २५ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यसैगरी, आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएकमा छन् । सबैको लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा विशाल बजार कम्पनीका लगानीकर्ताले ५ दशमलव ५४ प्रतिशतका दरले गुमाएका छन् । सोल्टी होटल्स, नेपाल लाइफ, नेपाल हाइड्रो डेभलपर्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS