IME Life New

नेप्से १३ अंकले बढ्यो, ५० करोड भन्दा माथिको कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रोे दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से १३.७७ अंकले बढेर ११४५.५७ बिन्दुमा पुगेको छ ।कुल १७५ वटा कम्पनीको १९ लाख ९५ वटाभन्दा बढी कित्ता शेयर ५४ करोड ९९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

Esewa
Crest

आज कारोबारमा आएका समूहमध्ये अन्य समूहबाहेक बाँकी सबै समूह बढेका छन् । एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको १३ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

समग्र परिसूचकमा बढेको भएको दिन हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।नबिल समृद्धि फन्ड–१का कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब छ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS