IME Life New

नेप्से १३ अंकले बढेर १२०७ को विन्दुमा, कारोवार रकम १७ करोड ४१ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

  नेप्से परिसूचक साताको पहिलो तेस्रो दिन १३ दशमलव ९७ अङ्कले बढेर १२०७ दशमलव ३१ अङ्कमा बन्द भएको छ । कारोबार रकम १७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

फाईनान्स बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । फाईनान्स परिसुचमा ० दशमलव ०४ प्रतिशतको गिरावट आएको छ । सबैभन्दा धेरै प्रभु बैंकको १ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो ।

Esewa
Crest

सबै भन्दा धेरै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एनएमबी माइक्रोफाईनान्सको शेयर ८ दशमलव ५७ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ३७ प्रतिशतले बढेकोे छ भने ५ हजार ५ सय ६२ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ४४ प्रतिशतले बढेर ५ हजार ४ सय २५ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड २० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS